एजेन्सी । अमेरिका र बेलायतले रुसी तेल आयातमा प्रतिबन्ध लगाएका छन् । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका हुन् ।
आफूले चालेको कदमले प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले भनेका छन्– ‘हामी रुसबाट हुने तेलको आयातमाथि प्रतिबन्ध गर्दैछौं ।’
यता बेलायतले पनि सन् २०२२ को अन्तिमसम्म तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो कदमले रुसमाथि तत्काल असर नपरे पनि केहि समयपछि ठूलो असर देखिने बताएका बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकामा तेल र अन्य परिष्कृत उत्पादनको ८ प्रतिशत र बेलायतमा तेलको करिब ६ प्रतिशत आयात रुसबाट हुने बीबीसीले जनाएका छ ।अमेरिका र बेलायतले तेल आयातमा प्रतिबन्ध लगाउने घोषणा गरिरहँदा उता रुसले भने कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।
रुस युरोपमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । अमेरिका र साउदी अरेबियापछि रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । रुस हरेक दिन ४० देखि ५० लाख ब्यारल कच्चा तेल र वार्षिक ८ हजार ५ सय अरब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्छ ।
जारी संघर्षका बीच रुसमाथिको निर्भरता कम गर्न युरोपेली मुलुकले विभिन्न विकल्प सोचिरहेका छन् । बिहीबार यसै विषयमा कुरा गर्न युरोपेली संघको बैठक बस्दै छ । साथै युरोपका नेताहरूले युरोपमा नयाँ इतिहास बन्न गइरहेको दाबी गरिरहेका छन् ।
सन् २०३० सम्म विकास र लगानीका साथै ऊर्जा आपूर्तिका लागि नयाँ रुटको खोजी गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । सन् २००८ पछि विश्वबजारमा कच्चा तेलको मू्ल्य उचाइमा पुगेको छ । सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ फागुन २०७८, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर