काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ ।
ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो । भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिए ।
आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै