काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।
रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए ।
यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न शहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ । यसअघि भएका वार्ता बिना निष्कर्ष टुंगिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ फागुन २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह