एजेन्सी । युक्रेनी सेनाको सैन्य गुप्तचर सेवाले खारकिभको नजिकै भएको लडाईंका बेला एक रुसी सेनाका शीर्ष कमान्डरको मृत्यु भएको दाबी गरेको छ ।
रुसले भने यसबारेमा केही सार्वजनिक गरेको छैन् । युक्रेनको रक्षा मन्त्रालयको बयान अनुसार विताली गेरासिमोफ मेजर जनरल थिए र उनी ४१ औँ आर्मी अफ द सेन्ट्रल मिलिट्री डिस्ट्रिक्ट अफ रसियाका फर्स्ट डेप्युटी कमान्डर र चिफ अफ स्टाफ थिए । यो लडाईंमा थुप्रै वरिष्ठ सैन्य अधिकारी मारिएको र थुप्रै घाइते भएको बताइएको छ ।
युक्रेनी गुप्तचर एजेन्सीका अनुसार गेरासिमोफले दोस्रो चेचेन्या युद्ध र सिरियामा रुसी सैन्य अभियानमा भाग लिएका थिए । उनले ‘फर द रिटर्न अफ क्राइमिया’ मेडल पनि पाएका थिए । युक्रेनी अधिकारीले एउटा फोटो ट्वीट गरेको छ जसमा एक व्यक्तिलाई गेरासिमोव बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ फागुन २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति