काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताएका हुन् ।
संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको उल्लेख गर्दै उनले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिता सुनिश्चित भएको पनि बताएका छन् ।
महिला दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै यस दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रुपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता