काठमाडौं । विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षिया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो ।
गम्भिर घाइते किशोरीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा को प्रबक्ता जोशीले बताए । घटनापछि टक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु