बजारमा खानेतेलको कृत्रिम अभाव

पत्रपत्रिकाबाट

सोमबार, २३ फागुन २०७८, ०७ : ४३
बजारमा खानेतेलको कृत्रिम अभाव

काठमाडौं । बजारमा खानेतेलको कृत्रिम अभाव भएको उपभोक्ताको गुनासो छ । खानेतेलको कृत्रिम अभावले कालोबजारी बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

हाल  रूस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव नेपालमा खाद्य वस्तुमा  समेत परेको छ । ठूला व्यापारी र उद्योगीको मिलेमतोमा खानेतेलको कृत्रिम अभाव गराइएको, माग अनुसार नपाइने र पाइहाले पनि चर्को मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् ।

आइतवार काठमाडौंको कालीमाटीमा खाद्य वस्तु किनमेल गर्न आएकी रीता बस्नेतले खानेतेल किन्न ६ ओटा पसल चहार्नुपरेको सुनाइन् । ‘जुन पसलमा गए पनि तेल छैन, सकिएको छ भन्छन्, बल्लतल्ल ४ लिटर तेल पाइयो,’ उनले भनिन् ।

बजारमा खानेतेलको अभाव हुनुमा सबैभन्दा बढी थोक व्यापारी र उद्योगी जिम्मेवार रहेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए । प्रशान्त खड्काले आर्थिक अभियानमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस