किभ । युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।
यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ फागुन २०७८, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने