अमेरिकाका अधिकांश बालबालिकामा कोरोना संक्रमण

एजेन्सी

शनिबार, २१ फागुन २०७८, १४ : १८
अमेरिकाका अधिकांश बालबालिकामा कोरोना संक्रमण

 युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड(१९ बाट संक्रमित भएको देखाएको छ ।

संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट सिडिसीको अनुमान अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ ।उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्ष सम्मका बालबालिकामध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ ।
 

प्रतिक्रिया दिनुहोस