एजेन्सी । रुसले युक्रेनमा युद्धविराम घोषणा गरेको छ । युक्रेनमा आक्रमण थालेको दसौँ दिनमा रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो ।
मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युक्रेनका दुई शहरमा युद्धविराम घोषणा गरेको छ । मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ जनाइएको छ ।
रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ।त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार संस्थाले लेखेका छन्, ‘आज मार्च ५ का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ । साथै मरिपोल र भोल्नोखोभाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।’ तर युक्रेनी पक्षबाट यसको पुष्टि भएको कुरा चाहिँ आएको छैन ।
यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रूर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए । झन्डै चार लाख ५० हजार जनसङ्ख्या भएको मारिओपोमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ । यो शहर रुस–क्राइमिया सडक मार्गमा पर्ने युक्रेनको मुख्य सहर हो ।
यसअघि दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ फागुन २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
'टर्कीमा वार्ता गर्दै रुस र युक्रेन'