काठमाडौं । सरकारले आगामी बैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ। सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालय खोटाङले पनि तयारी तीव्र बनाएको छ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन्। दश स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी अस्तित्वमा छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले फागुन १७ गते सचिवालय बैठक बसेर चुनावी रणनीति तय गरेको छ। एमालेको चुनावी रणनीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा इन्चार्ज तथा सहइन्चार्जका साथै विभिन्न विभाग गठन गरेको छ। एमालेले विसं २०७४ मा भएको निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको थियो।
गृहजिल्ला खोटाङ भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा पहिलेको तुलनामा यो स्थानीय चुनावमा दुईवटा स्थानीय तहमा थप जित हात पार्ने दाबी गरेका छन्।सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गत शनिबार एकैचोटि जिल्लाका १०वटै स्थानीय तहमा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० फागुन २०७८, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन पाँच राजनीतिक दलहरूको साझा प्रतिबद्धता
राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव
राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी
सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब