काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । आन्दोलन तयारीका लागि महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसङ्घर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ ।’
यस्तै बैठकले आइतबार संसदबा पारित भएको एमसीसीको व्याख्यात्मक घोषणा यसको अङ्ग नभएको भन्दै बिरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने