चितवन । भरतपुर महानगरपालिका वडा नं। ५ को भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानिय तहहरुमा जग्गाको निस्सा बाड्ने अभियान अन्र्तगत आज भरतपुर ५ का भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान गरिएको हो ।
एक समारोहका विच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर वडा ५ का वडा अध्यक्ष वडाध्यक्ष पदमपाणी सुवेदीले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाँच सुरु गरेका थिए ।
निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् । अब हाम्रो भन्न पाइने भयो भन्दै नेताहरूले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरेका थिए ।
आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै वडा ५ को नहरमा बसेका सबैलाई कुनै पनि हालतमा अर्को ठाँउमा जग्गासहित लालपूर्जा दिने घोषण गरे । उनले अब बोलेर मात्र नभई चितवनभरका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेर देखाउने बताए । तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे ।
सोही अवसरमा बोल्दै मेयर रेनु दाहालले आफुहरुले चुनावी बाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउदा खुसी लागेको बताईन्।
उनले आफुहरुले भरतपुरको विकास नमुना हिसाबबाट गरिरहेको बताउदै जनताको आवश्यकता पुरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको स्पष्ट पारिन् । कार्यक्रममा भरतपुर वडा नं।५ का वडा अध्यक्ष वडाध्यक्ष पदमपाणी सुवेदीले भूमिहिनलाई लालपूर्जा दिने प्रक्रिया सुरु गर्न पाउदा निकै खुसी लागेको बताए ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् । कार्यक्रममा भरतपुर १०का वडा अरुण पिडित भण्डारी, भूमि आयोग भरतपुर महानगर सहजीकरण समितीका सदस्य अनक मगर लगायको सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता