काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान विप्लव आफ्ना पार्टीका नेता खड्कबहादुर विश्वकर्मासँग नेता रावललाई भेट्न उनै निवास पुगेका हुन् ।
तीने नेताबीचको भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।
यसअघि विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह