काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान विप्लव आफ्ना पार्टीका नेता खड्कबहादुर विश्वकर्मासँग नेता रावललाई भेट्न उनै निवास पुगेका हुन् ।
तीने नेताबीचको भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।
यसअघि विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने