काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले र सभामुखबीच झनै टकरावको स्थिति देखिएको छ। एमसीसी अनुमोदनपछि एमालेले मंगलबार १२ बुँदे धारणा सार्वजनिक गर्ने क्रममा सभामुखको चर्को आलोचना गर्यो। त्यसमा लगाइएका आरोप पुष्टि गर्न सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले चुनौती दिएको छ।
‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँ (सभामुख) ले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार निकालेको प्रेस नोटमा लेखिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा जारी अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक रहेको भन्दै प्रेस वक्तव्य निकालेका थिए।
सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रही संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आएको प्रेस नोटमा उल्लेख छ। ‘कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ। उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौं’, न्यौपानेले लेखेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १९ फागुन २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता