विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल गर्न नदिई जबरजस्ती एमसीसी पारित गरिएको बताए। उनले संसदीय प्रक्रिया मिचेर एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद दिन भएको दावी गरे।
उनले भने, ‘जस्तो प्रक्रियामा भयो त्यो नेपालको इतिहासमै दुःखद कुरा हो, लज्जाजनक कुरा हो। उनले भने, ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो बाहेक केहि पनि होइन, नेपालका नेताहरु आनन्दपूर्वक सुत्नु भनेर बनाइएको न्यानो थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नु भएको छ।’
खनालले एमसीसीसंगै पारित गरिएको व्याख्यात्मक घोषणालाई ‘कथित घोषणा’भन्दै आलोचना गरे। घोषणा प्रस्ताव नै भएको खण्डमा पनि संसदमा दुवैलाई अलग–अलगरुपमा पास गर्नुपर्ने जिकिर गरे। एसमसीसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउदै जाने दाबी गरे।
नेता खनालले समाज, राजनीतिक पार्टी, संसद सवै विभाजित भएकोले एमसीसीका कारण नेपालको भाग्य भविष्यमाथि दुरगामी असर पर्ने बताए। उनले उक्त व्याख्यात्मक टिप्पणीको कुनैपनि कानुनी आधार नरहेको बताए। उनले भने, ‘हामीले त मान्ने कुरै छैन, सुरुदेखि भनिरहेका छौं, अनेकन राष्ट्रघाती कुराहरु छन्, एउटा सिन्को जति पनि सम्झौता सच्चिएको छैन।’
उनलाई आफ्नै पार्टीले एमसीसी पारित गर्न समर्थन गरेको विषय प्रश्न गर्दा पार्टीभित्र विरोध पनि भइरहेको बताए। साथै सदनभित्र प्रक्रिया समेत नपुर्याई एमसीसीलाई अघि बढाइएको नेता खनालले बताए। खनालले एससीसी पास गर्नका लागि गठबन्धन नबनेको बताए। तर एमसीसीको कारणले गठबन्धन टुट्नुपर्छ भन्ने पनि आफ्नो धारणा रहेको प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा