युक्रेनको दोस्रो ठूलो सहर खार्किभका मेयरका अनुसार रुसले गरेको आक्रमणमा परेर २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
यद्यपि, खार्किभ क्षेत्रीय राज्य प्रशासनका गभर्नरले मंगलबार र रातभर खार्किभमा भारी बमबारी भए पनि सबै रूसी आक्रमणलाई विफल पारिएको र पछि हटाइएको बताए । ुरूसी शत्रुहरूले ठूलो क्षति बेहोरेका छन्,ु गभर्नर ओलेग सिनेगुबोभले भने ।
खार्किभमा जेट विमानबाट बम प्रहार गर्दा रुसी सेनाहरू सहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको विश्वास गरिन्छ ।
युक्रेनको खार्किभ सहरमा रहेको प्रहरी विभागको भवनमा रकेट प्रहार भएको हो । युक्रेनी सरकारको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा एउटा भवनमा आगो लागेको देखाइएको छ ।
युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकार एन्टोन गेरास्चेन्कोले आक्रमणपछि कराजदिन राष्ट्रिय विश्वविद्यालयको भवनमा आगलागी भएको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ फागुन २०७८, १४ : ४५
लेखकबाट थप