रुसी विमानहरु अमेरिकी आकाशमा प्रतिबन्ध

एजेन्सी

बुधबार, १८ फागुन २०७८, ११ : ३४
रुसी विमानहरु अमेरिकी आकाशमा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसी विमानहरुलाई अमेरिकी आकाशमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।अमेरिकी कंग्रेसलाई नेपाली समय अनुसार आज बिहान सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसका लागि अमेरिकी आकाश बन्द गरिएको बताए ।

स्टेट अफ युनियन एड्रेस भनिने वार्षिक सम्बोधनका क्रममा बाइडेनले रुसले विना कारण युक्रेनमाथि हमला गरेको भन्दै त्यसको मूल्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुकाउनुपर्ने चेतावनी पनि दिए ।

युक्रेनको सहयोगका लागि नाटोले सेना नपठाउने दोहोर्‍याउँदै उनले पुटिनले अमेरिकासहित पश्चिमा शक्तिहरुले कसरी जवाफ दिन्छन भन्ने कुराको नजर अन्दाज गरेको पनि बताए । बाइडेनले रुस विश्वबाट अलग्गिएको भन्दै रुसी अर्थतन्त्र पूर्ण रुपमा बर्वाद हुने ठोकुवा पनि गरे ।

नाटो गठबन्धनमा आवद्ध कुनै पनि भूमिमा कसैलाई कब्जा गर्न नदिने प्रतिवद्धता ब्यक्त गर्दै उनले जुनसुकै मूल्य चुकाएर भए पनि एक ईञ्च भूमि गुम्न दिइने छैन भने।रुसी शासक र तिनीहरुका सहयोगीका निजी सम्पति पनि जफत गरिने उद्घोष पनि राष्ट्रपति बाइडेनले गरे ।

देशको आर्थिक अवस्थाको बारेमा बोल्दै उनले कारोनाका कारण अर्थतन्त्रमा समस्या आए पनि त्यसको क्षतिपूर्तिका लागि कसैको बेतनमा कटौती नगरिने स्पष्ट पारे । बरु सरकारले आफ्नो खर्च कम गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस