कोरोना त्रास घटेसंगै पशुपतिमा बढ्यो भक्तजनको उत्साह

पत्रपत्रिकाबाट

बुधबार, १८ फागुन २०७८, ०७ : ५६
कोरोना त्रास घटेसंगै पशुपतिमा बढ्यो भक्तजनको उत्साह

काठमाडौं । कोरोनाको त्रास घट्दै गएपछि पशुपति क्षेत्रमा यसपटक महाशिवरात्रि पर्वको उत्साह बढेको छ। विगत दुई वर्षदेखि कोरोना त्रासका कारण शिवरात्रिमा मन्दिर आउन नपाएका भक्तजनहरू यसपटक उत्साहित भएर पशुपति मात्र होइन देशभरिकै शिवालयहरूमा भगवान् शिवको दर्शन गर्न पुगेका छन्। 

शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथको मन्दिरमा मंगलबार साँझसम्म ८ लाख भक्तजनहरू मन्दिर परिसरमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  

मंगलबार देशभरि मनाइएको महाशिवरात्रि पर्वमा विशेषगरी अराध्यदेव भगवान पशुपतिनामा देशभरिबाट भक्तजनहरू दर्शन गर्न लाइन लागेका थिए। विराटनगरबाट पशुपतिनाथको दर्शन गर्न आएकी दिपीका खत्रीले मंगलबार बिहानदेखि नै लाइन बसेर भगवान् पशुपतिनाथको दर्शन गर्न पाएकोमा मनमा शान्ति मिलेको बताइन्। उनी पशुनाथको दर्शन गर्न दुई दिनअघि नै काठमाडौं आएकी हुन्।

‘कोरोना त्रासका कारण दुई वर्षदेखि म पशुपतिनाथको दर्शन गर्न पाएकी थिइँन,’ दिपीकाले भनिन्, ‘अहिले कोरोनाको बुस्टर डोज लगाइसकेकी छु। जोखिम कम भएकाले आएँ। यसपटक पशुपतिनाथको दर्शन पाएँ। मन फुरुङ भयो। कोषले अबका दिनमा भक्तजनको दर्शनको चुस्त व्यवस्थापन गरोस्।’

कलंकीकी सुनिता सिलवाल पनि कोरोना त्रासकै कारण गत वर्ष कुनै पनि मन्दिर नगएको सुनाइन्। पेशाले शिक्षक उनी यसपटक कोरोना जोखिम कम भएको र खोपसमेत लिइसकेकोले ढुक्कसाथ पशुपतिनाथको दर्शन गर्न आएको सुनाइन्। उनले शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरू निकै सास्ती खेप्नु परेको अनुभव सुनाइन्। ‘कोषले लाइन बसेको आधा घन्टाभित्रै दर्शन गर्न सक्ने दाबी गरेको पूरा गर्न सकेन। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस