युक्रेनको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी

मंगलबार, १७ फागुन २०७८, १६ : ४०
युक्रेनको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका हुन्।

ुगहिरो दुःखका साथ खार्किभमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छु, उनले ट्वीटमा लेखेका छन्।  मन्त्रालयले परिवारका सदस्यहरूसँग सम्पर्कमा रहेको र परिवारप्रति समवेदना प्रकट गरेको उनले बताए। 

बागचीले गरेको ट्वीटमा विदेश सचिवले रुस र युक्रेनका राजदूतहरूसँग कुरा गर्दै भारतीय नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्नुपर्ने भारतले माग गरेको जनाएका छन्। 

भारतीय विदेश मन्त्रालयले युक्रेनको राजधानी किभ छाड्न आफ्ना नागरिकलाई फेरि अपिल गरेको छ।    

प्रतिक्रिया दिनुहोस