एजेन्सी । रुसले गरेको तोप आक्रमणका युक्रेनका ७० सैनिकको मृत्यु भएको छ । रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा यि सैनिक मारिएका छन्।
सोमबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो । भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी तथा उद्धारकर्मीहरु खटिएका छन् ।
घटनामा रुसी सेना (शत्रु) तर्फ पनि ठूलो क्षति भएको उनले बताएका छन् । रुसी शवहरु रेडक्रसलाई जिम्मा लगाइएको उनले उल्लेख गरेका छन् । रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ फागुन २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने