एजेन्सी । रुसले गरेको तोप आक्रमणका युक्रेनका ७० सैनिकको मृत्यु भएको छ । रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा यि सैनिक मारिएका छन्।
सोमबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो । भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी तथा उद्धारकर्मीहरु खटिएका छन् ।
घटनामा रुसी सेना (शत्रु) तर्फ पनि ठूलो क्षति भएको उनले बताएका छन् । रुसी शवहरु रेडक्रसलाई जिम्मा लगाइएको उनले उल्लेख गरेका छन् । रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ फागुन २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु