युक्रेन आक्रमणको विरोध

रूसका सबै क्लब र राष्ट्रिय टोलीमाथि फिफाको प्रतिबन्ध

एजेन्सी

मंगलबार, १७ फागुन २०७८, १० : ०९
रूसका सबै क्लब र राष्ट्रिय टोलीमाथि फिफाको प्रतिबन्ध

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए) ले  रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ।

रूसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन्। अर्को सूचना नआएसम्मको लागि यो प्रतिबन्ध कायम रहने उनीहरूले बताएका छन्। 

यो निर्णयसँगै रूसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउनेछैन। यसअघि फिफाले रुसले आफ्नो खेल फुटबल युनियन अफ रसियाको नाममा घरेलु मैदानमा खेल्न नपाउने निर्णय गरेको थियो।

यस्तै फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको  थियो। तर अधिकांश युरोपेली राष्ट्रले फिफाको यो निर्णयको आलोचना गरेपछि फिफाले प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो।

यूईएफएले रूसी ऊर्जा कम्पनी गाजप्रोमसँगको प्रायोजन सम्झौता तोडेको छ। फिफा र यूईएफएले संयुक्त विज्ञप्ति जारी गर्दै फुटबल अहिले पूर्ण संगठित रहेको र युक्रेनका मानिसहरुप्रति पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस