एजेन्सी । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए ।
यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिएका छन । उनले फेसबुकमार्फत् भनेका छन– युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् ।अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहर घेरा हालेका बताइएको छ । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की बताए ।
रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरुमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।
यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएका छन ।यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ फागुन २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने