१२  वर्षीया  बालिका हत्या प्रकरण : लाइटरबाट अभियुक्तको पहिचान

पत्रपत्रिकाबाट

सोमबार, १६ फागुन २०७८, ०८ : ३०
१२  वर्षीया  बालिका हत्या प्रकरण : लाइटरबाट अभियुक्तको पहिचान

file Photo

काठमाडौं । मोरङको   लेटाङ   नगरपालिका–८  लालहिरा  सामुदायिक  वनमा  १२  वर्षीया  बालिकाको  बलात्कारपछि  हत्यामा  संलग्न अभियुक्तको पहिचान लाइटरबाट भएको छ । फागुन ११  गते  जाँते  उच्च  मावि कक्षा  ६  मा  अध्ययनरत  बालिकाको   स्थानीय   ६४   वर्षीय   दिपक  गिरीले  बलात्कारपछि  हत्या  गरेको  घटनाको  सुराक  लाइटरबाट  खुलेको हो ।

घटनामा  संलग्न  अभियुक्तलाई  आइतबार  मोरङ  प्रहरीले  सार्वजनिक  गरेको  छ  ।  मोरङ  प्रहरीका  प्रमुख  प्रहरी   उपरीक्षक   जनार्दन   जिसीका   अनुसार   जबर्जस्तीकरणीका   क्रममा   फुकालिएका बालिकाका कपडा गिरीले आफ्नै  घर  नजिक  लगेर  जलाएका  थिए  ।  त्यस  क्रममा  प्रयोग  गरिएको  लाइटर  गिरीको  रहेको  खुलेपछि  उनी  गत शुक्रबार नियन्त्रणमा परेका थिए ।

अभियुक्त  गिरीकी  श्रीमतीको  निधन  भएको  डेढ  महिना मात्रै भएको थियो । गाउँघरमा माया र सान्त्वना पाइरहेका  बेला  लेटाङ  नगरपालिकाले गरिब  तथा  असहायको सूचीमा राखेर घर बनाउन सहयोग उपलब्ध गराउने  निर्णय  गरेको  थियो  ।

 सहयोगको  विषय  बुझ्न  नगरपालिकाबाट फर्कने  क्रममा  फागुन  ११  गते  जाँते  उच्च  मा।वि।  कक्षा  ६  मा  पढ्ने  बालिकालाई  बाटोमा  देखेपछि  पछ्याउँदै यो हटसम्मको घटना भएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस