काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताए ।
सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उनले सदनमा भइरहेको अवरोध पनि अन्त्य गर्नुपर्ने बताए । एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने र जनतालाई भ्रममा पारेर अनुमोदन गर्न नहुने अध्यक्ष लिङ्देनकाे भनाइ छ ।
वैदेशिक सम्बन्धलाई सत्ताको भर्याङ बनाउन नहुने भन्दै उनले वैदेशिक सहयोगलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन