काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने बताए ।
‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भने, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’
उनले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताए । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्षाएको उनले जनाए ।
‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ , म त्यसको निन्दा गर्दछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल