एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो: भीम रावल

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १५ : ३५
एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो: भीम रावल

 काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने बताएउनले एमसीसी सम्झौता जबर्जस्ती अनुमोदन गराउन खोज्ने नेपाली काँग्रेसको सरकारको निन्दासमेत गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत नेपाललाई अमेरिकी छातामुनि राख्ने र विदेशीले सामानान्तर सरकार चलाउने बाटो राखिएको दाबी गरेका छन् ।

रावलले सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि बताए । नेपालको हित र नेपाली जनताको आवाजप्रति बेवास्ता गर्दै सरकारले एमसीसीको विरोधमा उठेको आवाज दमन गर्न खोजेको भन्दै भर्त्सनासमेत गरे । उनले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी गर्ने प्रस्ताव महाकाली सन्धिमाथिको संकल्प प्रस्तावजस्तै हुने प्रस्ट पार्दै यसले जनता ठग्ने काम भएको बताए ।

रावलले भने, ‘राष्ट्रिय स्वाधिनताजस्तो विषय यस्तो होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ ।’