युक्रेन सरकारले सर्वसाधारणलाई दियाे ५ निर्देशन

एजेन्सी

आइतबार, १५ फागुन २०७८, १४ : ५६
युक्रेन सरकारले सर्वसाधारणलाई दियाे ५ निर्देशन

एजेन्सी । युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभन्न निर्देशन जारी गरेको छ ।  युक्रेनी सेनाले नागरिक प्रतिरोध आन्दोलनमा सर्वसाधारणका लागि निर्देशन जारी गरेको हो । 

‘तपाईसँग हतियार वा गोलाबारुद छ वा छैन भन्ने फरक पर्दैन, लडाईका सबै सम्भावित उपाय र माध्यमहरू प्रयोग गर्नुहोस्,’ निर्देशनमा भनिएको छ । यी हुन् सरकारले जारी गरेको निर्देशन:-

– सडक चिन्हरु हटाउनू

–रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल

–घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर

–प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस 

–रात वा गोधुलीमा बढी सक्रीय हुनु ।

प्रतिक्रिया दिनुहोस