काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
कतिपय स्वास्थ्य संस्थाहरुले इजाजत नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराएको भनी विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएको सम्बन्धमा समेत ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण सोही नियमावलीको परिच्छेद(४ तथा अनुसूची–९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता