बेलारुसबाट प्रहार गरिएको रुसी मिसाइल खसाल्यौँ – युक्रेन

एजेन्सी

आइतबार, १५ फागुन २०७८, १३ : २९
बेलारुसबाट प्रहार गरिएको रुसी मिसाइल खसाल्यौँ – युक्रेन

काठमाडौं ।  रुसले प्रहार गरेको मिसाइल ध्वस्त पारेको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। युक्रेनी हवाई सेनाको टोलीले राजधानी किएभलाई निशाना बनाएर रुसले प्रहार गरेको मिसाइल ध्वस्त पारेको मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका हुन्।

उनले ट्वीट गरेर मिसाइल खसालिएको जानकारी दिएका हुन्। रुसले बेलारुसबाट टीयू–२२ मिसाइल प्रहार गरेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता निकोलेन्कोले ट्वीटमा उल्लेख गरेका छन्।

रुसले लगातार युद्ध अपराध गर्दै आएको उनले बताएका छन्। गएको बिहीबारदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ। आक्रमणका लागि रुसले बेलारुसको भूमि पनि प्रयोग गरेको छ। 

प्रतिक्रिया दिनुहोस