एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ०९ : ५३
एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैंछ । बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ । गठबन्धनमा एमसीसीलाई लिएर एकमत छैन । नेकपा (माओवादी केन्द्र) यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा देखिँदै आएको छ ।

नेकपा (एकीकृत समाजवादी) एमसीसीमा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टी (जसपा)भित्र पनि यस विषयमा एकमत छैन । डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव मौन छन् । 

आज दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । त्यसअघि गठबन्धनमा सहमति खोज्ने प्रयासस्वरूप बैठक बस्न लागेको हो । व्याख्यात्मक विश्लेषण गरेर भए पनि एमसीसी पास गरेर गठबन्धन जोगाउनुपर्ने गठबन्धनभित्रका नेताहरूले बताइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस