एजेन्सी । अमेरिकालगायत शक्ति राष्ट्रले युक्रेनमा रूसको सम्भावित आक्रमणप्रति खबरदारी गरे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने त्यसलाई अस्वीकार गरिरहे। तर, अन्ततः रूसले युक्रेनमा आक्रमण गरिछाड्यो। उसले राजधानी किभमै छिरेर शनिबार विध्वंश मच्चाएको छ। युक्रेनका उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै रूसले शान्ति सम्झौता
भिडन्तमा शनिबारसम्म १ सय ९८ युक्रेनी मारिएको युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोले पुष्टि गरेका छन्। मृतकमध्ये तीन बालबालिका छन्। ‘रूसले शन्ति भंग गर्यो। हाम्रा नागरिक युद्धको आगोमा परेका छन्’, मन्त्री ल्यास्काले भने, ‘यो क्रियाकलापले युक्रेनलाई मात्रै होइन, महादेशको सम्पूर्ण सुरक्षा संरचनालाई खतरामा पार्न सक्छ।’
उनले रूसी आक्रमणका कारण थप १ हजार १ सय १५ जना घाइते भएको शनिबार फेसबुक पेजमा जनाएका छन्। घाइतेमध्ये ३३ बालबालिका छन्। ‘धेरै घाइतेको अवस्था चिन्ताजनक छ,’ उनले लेखेका छन्। आक्रमणको तेस्रो दिन शनिबार पनि राजधानी किभका चोकहरूमा संघर्ष जारी रहेको युक्रेन सरकारले बताएको छ।
रूसी सैनिक नजिकै आइपुग्दा बिहानदेखि विभिन्न ठाउँमा विस्फोट भए। त्यसमा केही आवासीय क्षेत्र पनि परे। प्रतिकार गर्न मात्रै होइन, घाइते र मृतकको तथ्यांक संकलन गर्न पनि मुस्किल भएको सरकारी अधिकारी बताउँछन्। राजधानीतर्फ केन्द्रित हुँदै गरेका रूसी आक्रमणकारीलाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ। नागरिकलाई हतियार वितरण गरिएको बीबीसीले उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ फागुन २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति