काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ अनिर्णीत बनेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन ।
निश्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।
शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।
डा. भट्टराई एमसीसी संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली