एक वर्षमै नेपाली बजारमा १४९९ निसान म्याग्नाइट

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १६ : ४४
एक वर्षमै नेपाली बजारमा १४९९ निसान म्याग्नाइट

काठमाडौँ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै एक वर्षभित्र नेपाली बजारमा निसान म्याग्नाइटको संख्या एक हजार ४९९ पुगेको जनाएको छ ।

नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २ हजार २२६ वटा बुकिङ भैसकेको छ। एक वर्षको छोटो समयमै ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ।निसान म्यागनाइटले ‘कम्प्याक्ट एसयूभी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालु फर मनी कार अफ द इयर’ का– अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स् २०२१ को विजेता हुनुका साथै सुरक्षामा ग्लोबल एनक्याप ४ स्टार रेटिङ हासिल गर्न सफल भएको छ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाउनु भएका सम्पूर्ण ग्राहक, शुभचिन्तक एवं मिडियाकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन्। 

प्रतिक्रिया दिनुहोस