बादलले आगामी चुनावमा चितवनबाट उम्मेदवारी दिने

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १३ : २२
बादलले आगामी चुनावमा चितवनबाट उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादलले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताए । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उनले बताए । आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले भने ।

नेता बादलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको बताए । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरु संसदीय काम कारबाहीमा सहभागी नहुने उनको भनाइ छ ।

सो माग पूरा भएपछि मात्र पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउने बादलले बताए । ‘सभामुखले सूचना टाँस गर्नुभएको छैन, त्यसैले उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ’ उनले भने । सत्तारुढ नेपाली काँग्रेससँग सहकार्य गर्ने कुनैपनि सहमति नभएको पनि बादलले बताए ।

एमाले कर्णाली प्रदेशमा आयोजना गरेको निर्वाचन सम्बन्ध अभिमुखीकरण कार्यक्रममा सहभागी हुन उपाध्यक्ष बादल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिजाल, निरज आचार्यलगायत नेताहरु सुर्खेत आएका छन् ।

प्रतिक्रिया दिनुहोस