आयोनिक ५ गाडीको  नेपालमा बिक्री सुरु

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, ११ : ५३
आयोनिक ५ गाडीको  नेपालमा बिक्री सुरु

काठमाडौँ ।  नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक ५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ।नयाँ आयोनिक ५ भविष्योन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो। निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको कम्पनीको दावी छ।

हुन्डाई आयोनिक ५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड २०२१’ पाउन सफल भएको छ। आयोनिक ५ हुन्डाईको नयाँ आयोनिक लाइनअपअन्तर्गत ‘स्पेसलाइज्ड ईजीएमपी व्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको हो।आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ। यो गाडी अत्यधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट पफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनिक ५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ। साथै यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भ्वाइस रिकग्निसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक ५ को लन्चसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै शोरुम सञ्चालनमा ल्याएको छ। इभीको लागिमात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिने कम्पनीले जनाएको छ।

इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरियन्स प्रदान गर्न सफल हुने कम्पनीले विश्वास लिएको छ। कम्पनीले इभी बिक्रीमात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेसनको विस्तार गर्ने तयारी गरिरहेको छ। कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ। हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादकमध्ये हो।

प्रतिक्रिया दिनुहोस