एजेन्सी । रुसी सैनिकहरु युक्रेनको राजधानी किएभ प्रवेश गरि सडकमै दोहोरो भिडन्त सुरु गरेका छन् । राजधानी किएभका अधिकारीले जारी गरेको वक्तव्यमा सडकमा भिडन्त जारी रहेको उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो सहरको सडकमा अहिले भिडन्त जारी छ। सर्वसाधारणलाई सेल्टरमै रहन आग्रह गरिन्छ। बार्दली या झ्याल नजिक नजानु होला।’
शनिबार बिहानैदेखि किएभमा गम्भीर भिडन्त भइरहेको हो। सहरको भास्सिल्किभ क्षेत्रमा भीषण युद्ध जारी रहेको युक्रेनी सुरक्षा निकायले सामाजिक सञ्जालमार्फत जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
किएभको मध्य भागबाट निकै नजिक गोली हानाहानको आवाज सुनिएको स्थानीय पत्रकारहरुले पनि उल्लेख गरेका छन्। यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गरेर अबको समय निकै कठिन हुने भन्दै डटेर लड्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ फागुन २०७८, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने