एजेन्सी । संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन् ।
शुक्रबार राती पश्चिमी देशले सुरक्षा परिषद्मा युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए । प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) तटस्थ बसेका थिए । त्यसपछि रुसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो ।
राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ । रुसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन ।
रुसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रुसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्ति राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ फागुन २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी