एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

पत्रपत्रिकाबाट

शनिबार, १४ फागुन २०७८, ०७ : २३
एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ ।

सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउवा अघि बढेका हुन् ।

सोही रणनीतिअनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलसँगका हरेजसो बैठकमा आफ्नो ‘मुभ’ देखाउँदै आइरहेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एमसीसी पास हुने विश्वस्त आधारबिना गठबन्धन कायम गरेर अघि बढ्न नसकिने जवाफ दिएका थिए । प्रचण्ड र नेपालसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा शुक्रबार छुट्टाछुट्टै वार्ता गरेका थिए । राजधानि दैनिक मा खबर छ । 

प्रतिक्रिया दिनुहोस