काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताबाट करिब ७० अर्ब रुपैयाँ आउने र यसमध्ये ३० अर्ब नेपालमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय सरकारी संस्थालाई बाँड्ने उल्लेख रहेको दाबी गरेका हुन् ।
अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै उनले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’
एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गर्यो : झलनाथ खनाल
शिक्षकहरूको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन गर्ने झलनाथको चेतावनी
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल