ताइवानले रुसलाई प्रतिबन्ध लगाउने घोषणा

एजेन्सी

शुक्रबार, १३ फागुन २०७८, १२ : ४८
ताइवानले रुसलाई प्रतिबन्ध लगाउने घोषणा

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेको आज दोस्रो दिन हो। रुसको युक्रेनमाथिको हमलाका विषयमा विश्वभरबाट प्रतिक्रिया आइरहेको छ। आक्रमणको दोस्रो दिन ताइवानले रुसी आक्रमणको निन्दा गरेको छ।

ताइवानभन्दा अगाडि रुसमाथि अमेरिका, युरोपेली संघ र बाँकी समान विचारधारा भएका देश साथमा उभिएका छन्। ताइवानको विदेश मन्त्रालयले एक ट्वीटमार्फत रुसको सैन्य कारवाही तुरुन्तै रोक्न र छलफलको माध्यमले शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेको छ।युक्रेन संकटको बीचमा अहिले अमेरिका आफ्ना सहयोगी देशप्रति कति बफादार छ भन्नेमा विश्व समुदायको चासो रहेको छ। अर्को चासो के हो भने, ताइवानमा यदि चीनले दावा गरे अमेरिकाले के कदम चाल्नेछ  

प्रतिक्रिया दिनुहोस