काठमाडौँ । आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।
स्टोरहरुमा विभिन्न QR प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले Scan Any QR अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण QR स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ ।
यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै QR स्कान गरी भुक्तानी गर्न मिल्नेछ । साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउने छन । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।
सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट ID ले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट
आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने
धरान खानेपानीको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने, १०० रुपैयाँसम्म छुट
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विशेष अफर
आइएमई पेमा पहिलो पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने