मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गरेका छन् । डा. केसीले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालको उद्धारको पहलको लागि आग्रह गरेका हुन् ।
'युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं । रसिया र युक्रेनबीचको द्वन्दमा त्यहाँ रहेका नेपालीहरु त्रशित छन् । द्वन्दको बेला सर्वसाधारणमाथि हमला गरिने छैन्', उल्लेख गरेका छन् ।
सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्बसाधारणको जिवनमा खासै खतरा छैन् भन्ने सरकारी दावी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसंग सम्पर्क रहदै आएको डा. केसीले जनाए । केसीका अनुसार हाल सम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल छन् । डा. केसीले स्वयं नेपाली दुताबास जर्मनी, रसिया तथा गैर आबासीय नेपाली संघ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेर नेपालीको उद्धारको प्रयास गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ फागुन २०७८, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति
युक्रेनले गर्यो रूसविरुद्ध अहिलेसम्मकै शक्तिशाली हमला
युक्रेनसँग सीमा जोडिएका रुसका २ छुट्टाछुट्टै पुल भत्किँदा ७ जनाको मृत्यु, ६९ घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला, १२ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण