राष्ट्रिय झण्डा ओढाएर संस्कृतिमन्त्री आलेले दिए गायक लामालाई श्रद्धाञ्जली

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १४ : ३०
राष्ट्रिय झण्डा ओढाएर संस्कृतिमन्त्री आलेले दिए गायक लामालाई श्रद्धाञ्जली

काठमाडौं  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।मन्त्री आलेले बिहीवार सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा राखिएको लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका हुन्। ​

मन्त्री आलेले कलाकार राष्ट्रका गहना भएको बताए । ‘देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको मन्त्री आलेले बताए । देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई  चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा  मन्त्री आलेले जोड दिए।

उनले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गरे। बुधवार निधन भएका लामाको आज स्वयम्भुमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो
 
 

प्रतिक्रिया दिनुहोस