काठमाडौं । तुलसीपुर उपमहानगरपालिका(७ पर्सेनीस्थित रिमा किराना पसलमा आगलागी भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे सुमित्रा वलीको किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
आगलागीबाट करिब १८ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताए। बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ। तुलसीपुर उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा आगो केही समयमै नियन्त्रणमा आएको थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी