काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।
उनीहरूले बिहीबार निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्याली निकाल्ने र संसद् भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।
सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली