कुम्भ करणको अष्ट्रेलिया रिलिज पक्का

मंगलबार, २५ बैशाख २०७५, १४ : २०
कुम्भ करणको अष्ट्रेलिया रिलिज पक्का
काठमाडौं । आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'कुम्भ कारण'को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र 'कुम्भकरण'को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।
दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् । कुम्भ करणको यस अघि नै सार्वजनिक 'कुटु कुटु यो मुटु खाने भो' बोलको गीत चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस