चितवनका ठूला मेडिकलमा ५० प्रतिशत बिरामी रिफर

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ११ : १७
चितवनका ठूला मेडिकलमा ५० प्रतिशत बिरामी रिफर

चितवन । चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन् । आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।

एक दर्जन विशिष्टकृत सेवासहित सबै खाले रोगको उपचार हुने भएपछि अन्य अस्पतालबाट रिफर भएर आउने गरेका छन् ।  अस्पतालमा ४५ प्रतिशत हाराहारी बिरामी चितवनका आउँछन् भने बाँकी अन्य जिल्लाका हुन् । 
 

प्रतिक्रिया दिनुहोस