बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०८२, ११ : ४६
बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गराउने कलेजले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने पैसा पटक–पटक ताकेता गर्दा पनि नबुझाएपछि तीन साताको अल्टिमेटम दिइएको जानकारी दिए ।

काउन्सिलले सार्वजनिक सूचना समेत जारी गरी २१ दिन भित्र अनिवार्य रूपमा बक्यौता बुझाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस