एजेन्सी । रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेका हुन् ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युक्रेनमा युद्धको घोषणा नगर्न आग्रह गरेकै बेला पुटिनले टेलिभिजन सम्बोधन मार्फत युद्धको सुरुवात गरेका हुन् ।सम्बोधनमा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर ‘आफ्नो घर फर्किन’ सुझाव दिएका छन् ।
कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी पनि उनले दिएका छन् । उनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पुटिनको आदेशसँगै डोनेट्स्क क्षेत्रमा बिस्फोटको आवाज आएका छन्।पुटिनले युद्धको घोषणा गर्दै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पुटिनसँग युक्रेनमाथिको आक्रमण रोक्न सुझाव दिएका छन् ।
सुरक्षा परिषदको बैठकमा बोल्दै उनले शान्तिको मार्गलाई अवसर दिन आग्रह गरेका हुन् । तर पुटिनले आफ्ना सैनिकलाई आक्रमणको आदेश दिएसँगै स्वतन्त्र घोषणा गरेका डोनेट्स्क र लुहान्स्कसहितका क्षेत्रमा बमबारीको आवाज आएको छ । युक्रेनको राजधानी किएभमा पनि बिस्फोटको आवाज सुनिएको सिएनएनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ फागुन २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द